समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

१९ साउन ८३, बुधबार

काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति बचत तथा ऋण सहकारी संस्थाका ४२ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना गरी कुल ४२ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त रकमबाटै पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको स्पष्ट पारेको छ।

Advertisement

समितिका अनुसार पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो। आगामी दिनमा पनि बचत रकमको आधारमा बचतकर्ताको वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाइएको छ।

समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमका आधारमा प्रचलित कानुनी व्यवस्था बमोजिम सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य निरन्तर रूपमा अघि बढिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top