भारतकाे तेहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई १० वर्ष कैद सजाय

२१ साउन ८३, बिहीबार

काठमाडाैं — भारतको बम्बई उच्च अदालतले तेहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई सन् २०१३ को बलात्कार मुद्दामा दोषी ठहर गर्दै १० वर्षको कठोर कारावास सजाय सुनाएको छ। भारतीय  सञ्चार माध्यमबा अनुसार उनको पक्राउ भएको १३ वर्षपछि अदालतले बिहीबार उक्त फैसला सुनाएको हो।

Advertisement

यो मुद्दा गोवास्थित एक पाँचतारे होटलको लिफ्टभित्र आफ्नै सहकर्मीमाथि भएको यौन दुर्व्यवहारसँग सम्बन्धित हो। घटनापछि तेजपाल पक्राउ परेका थिए र लामो कानुनी प्रक्रियापछि उच्च अदालतले उनीविरुद्ध दोष स्थापित गरेको हो।

अदालतले तेजपाललाई दुई साताभित्र सम्बन्धित निकायसमक्ष आत्मसमर्पण गर्न पनि आदेश दिएको छ। फैसलापछि प्रतिक्रिया दिँदै तेजपालले आफू सर्वोच्च अदालत जाने बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top