कोइराला निवास मर्मतका लागि सरकारले छुट्याएको २ करोड शेखरले अस्वीकार गरे

२२ साउन ८३, शुक्रबार

विराटनगर — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन्जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले छुट्याएको बजेट लिन अस्वीकार गरेका छन्।

Advertisement

डा. कोइरालाले कोइराला निवास पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सरकारले उपलब्ध गराएको रकम लिन आफू नैतिक रूपमा असमर्थ रहेको स्पष्ट पारेका छन्।

यस सम्बन्धमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता गर्ने सम्बन्धमा पत्रसमेत पठाएका छन्।

Advertisement

मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विराटनगरस्थित कोइराला निवासको मर्मतसम्भार तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।

सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण तथा पुनर्निर्माणका लागि बजेट विनियोजन गरे पनि व्यक्तिगत रूपमा उक्त रकम स्वीकार गर्न नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको डा. कोइरालाको भनाइ छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top