प्रधानमन्त्री शाहले सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने

२४ साउन ८३, आइतबार

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भाेली (सोमबार) नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । उनले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका हुन् । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले नेपाल टाइम्सलाइ दिएकाे जानकारी अनुसार उक्त भेटमा नेपाल–भारत र नेपाल–चीन द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुनेछ ।

Advertisement

शाहले सोमबार पहिले भारतीय राजदूतसँग र त्यसपछि चिनियाँ राजदूतसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले मंगलबार  नेपालस्थित अमेरिकी दूतावासका  एक उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top