प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच ४५ मिनेट भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। राजदूत श्रीवास्तव ११ बज्न लाग्दा सिंहदरबार पुगेका थिए।

भेटवार्तामा दुवै देशका अधिकारीहरूको सहभागिता रहेको थियो। नेपाल–भारतबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

Advertisement

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री शाहले सिंहदरबारस्थित आफ्नै कार्यालयमा चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top