काठमाडौँ- एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ। वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथर इनर्जीको आधिकारिक वितरक एथर नेपालले एक्स्पोमा नयाँ ४५०एक्स ओभरटोन्ससँगै ४५० सिरिजमा उपलब्ध म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथर प्रविधि पनि प्रदर्शनमा राखेको छ।
हल ‘सी’ को स्टल नम्बर ‘सी२’ मा रहेको एथरको स्टलमा आगन्तुकले नयाँ उत्पादन तथा प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। नयाँ ४५०एक्स ओभरटोन्स सिरिजमा स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे गरी तीन नयाँ कलरवे उपलब्ध छन्। एथरका अनुसार नयाँ सिरिजमा ४५० को फ्युचरिस्टिक डिजाइनलाई निरन्तरता दिँदै नयाँ टेक्स्चर र डिजाइन डिटेलिङ प्रयोग गरिएको छ।
एथरले ४५० सिरिजमा ‘म्याजिक ट्विस्ट’ प्रविधि पनि प्रस्तुत गरेको छ। यसले थ्रोटल पछाडितर्फ ट्विस्ट गर्दा स्कुटरको गति घटाउन र रिजेनेरेटिभ ब्रेकिङमार्फत ऊर्जा पुनः प्राप्त गर्न सहयोग गर्छ। कम्पनीका अनुसार यसले स्कुटरलाई पूर्ण रूपमा रोक्न सक्ने तथा ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा समेत काम गर्न सक्छ।

त्यस्तै, ‘इन्फिनिट क्रुज’ले लामो दूरी तथा स्थिर ट्राफिकमा निरन्तर समान गति कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
‘एथरस्ट्याक ७.०’ मा आधारित ‘भ्वाइस अन एथर’ सुविधामार्फत राइडरले ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेट प्रयोग गरी आवाजबाट गन्तव्य खोज्ने, नेभिगेसन सुरु गर्ने, चार्जिङ स्टेसन पत्ता लगाउने तथा विभिन्न स्कुटर सेटिङ नियन्त्रण गर्न सक्नेछन्।
कम्पनीले नयाँ ६ किलोवाटको फास्ट चार्जरसमेत सार्वजनिक गरेको छ। उक्त चार्जरले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको राइडिङ रेन्ज थप्न सक्ने एथरको दाबी छ।
नयाँ ४५०एक्स ओभरटोन्स सिरिज नेपालमा ११ अगस्ट २०२६ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालमा एथरको ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ र रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ।
एथर स्कुटर जित्ने अवसर
एथर नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एथर गिभअवे क्याम्पेनसमेत सञ्चालन गरेको छ। यसअन्तर्गत एथरको आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी एक्स्पोमा रहेको एथरको स्टलमा कुनै पनि एथर स्कुटरसँग फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने र दुई साथीलाई ट्याग गर्ने सहभागीमध्ये एक जनाले नयाँ एथर स्कुटर जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
एथरका अनुसार एक्स्पोमा आगन्तुकले नयाँ ४५०एक्स ओभरटोन्स, म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज, भ्वाइस अन एथर र ६ किलोवाट फास्ट चार्जरको प्रत्यक्ष प्रदर्शन हेर्न सक्नेछन्।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले नयाँ ओभरटोन्सले ४५०एक्समा नयाँ डिजाइन प्रस्तुत गर्नुका साथै म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस अन एथरजस्ता सुविधाले दैनिक राइडिङलाई थप सहज बनाउने बताए।
उनका अनुसार नाइमा मोबिलिटी एक्स्पो नयाँ प्रविधि र एथरका उत्पादनलाई प्रत्यक्ष अनुभव गर्ने अवसरसमेत हो।




