काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सभापति थापा बुधबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा पार्टीभित्र देखिएको विवाद र एकता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ ।
दुई नेताबीचको भेटवार्ताको कोइरालाका सहयोगी दिनेश थपलियाले नेपाल टाइम्ससँगकाे कुराकानीमा पुष्टि गरेका छन् ।
यसैबीच, कांग्रेसको अर्को पक्षले आगामी २९ गते भेला आयोजना गरेको छ । उक्त भेलालाई पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी सार्वजनिक गरिएको छ ।

गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि उपचारका लागि विदेश गएका देउवा उक्त भेला सम्बोधन गर्न नेपाल फर्किन लागेका हुन् । उनले विज्ञप्तिमार्फत स्वदेश फर्किन लागेको जानकारी गराइसकेका छन् ।



