सभामुख अर्याल र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेटवार्ता

२६ साउन ८३, मंगलबार

काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ ।संघीय संसद्, प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा तथा जनस्तरीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

Advertisement

सभामुख अर्यालले दुई देशका सांसदबीच नियमित आदानप्रदान र सहकार्य बढाउनुपर्नेमा जोड दिँदै नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।

उनले नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै शिक्षा तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए ।

Advertisement

राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्ध थप सुदृढ बनाउन संसदीय तथा जनस्तरीय सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top