काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ। पार्टी कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बस्ने महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा’ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणबारे छलफल हुने बताइएको छ।
त्यस्तै, केन्द्रीय समिति सदस्य तथा विभिन्न विभागका प्रमुख र उम्मेदवार छनोट समितिका सदस्य मनोनयन, स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालनलगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।




