१९ भदौ , काठमाण्डौ ।
भोटेकोशी बाढीपछि तहसनहस भएको विद्युतीय आयोजनाको सुरुङ भित्र फसेका २ जनाको सकुशल उद्धार भएपछि बाढीले पुर्याएको अकल्पनीय क्षतिका बीच नेपालीसहित नेपाल र नेपालीहरुलाई नियालिरहेका संसारका मानिसहरुलाई खुशीको संचार गरेको छ ।
त्रिशूलीको टेनलबाट १० दिनपछि उद्धार गरिएका सञ्जय साह र कविर महर्जनले पनि कृतज्ञासहित नमस्कार गर्दै सबैलाई धन्यवाद ब्यक्त गरेका छन् । उद्धार टोलीको अथक प्रयासपछि सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई आज बिहान उद्धार गरिएको हो।

१० दिनसम्म टनेलमा थुनिएका साह र मर्हजनलाई रसुवामै प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए। उनले आफ्नो छेउछाउमा ३, ४ जना रहेको छ ।
पावर हाउसमा अन्य ब्यक्तिहरु रहेको पनि उनले जानकारी दिएका छन् । सबै गरी ४०, ४५ जना भित्र रहेको हुन् सक्ने पनि उनले बताएका छन् । आफू अरुलाई बचाउन खटिदा बाहिर निस्किन नसकेको बताएका छन् । अन्य साथीहरुलाई आफूले स्टेनबाइ रहन भनेको समेत अनुभव सुनाएका छन् ।
उनले आफूले भित्र महामन्त्रको जाप गरिरहेको पनि बताएका छन् । उनले आफू कति दिनपछि बाहिर निस्किएको भन्दै जिज्ञाशा पनि राखेका छन् । यो उद्धारबाट अति खुसी हुँदै पूर्वऊर्जामन्त्री कुलमान घिसिङले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्र तथा माथिल्लो त्रिशूली १, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्ति पनि सकुशल रहेको आशा थप बलियो बनेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ए जलविद्युत्गृहको भूमिगत विद्युत्गृहमा फस्नुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जीवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ।
यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृह तथा माथिल्लो त्रिशूली १, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ।
उनले अगाडि लेखेका छन्, ‘तसर्थ रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली १, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।
उद्धार कार्यमा हाम्रो विज्ञता, प्राविधिक क्षमता र साधन(स्रोतअनुसारको हरसम्भव सहयोग भइरहेको छ र निरन्तर रहनेछ। उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद।’ हिजो मात्रै कुलमानले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटगरी सुरुङमा फसेकाहरुको उद्धारका विषयमा आफ्नो रायसहित भेटवार्ता गरेका थिए । त्रिशूली सुरुङ स्थलमा अहिले गृहमन्त्री सुधन गुरुङ समेत रहेका छन् । सुरुङभित्रबाट थप आवाज सुनिएको छ । त्योसँगै उद्धार टोली भित्र प्रवेश गर्दै गरेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार ११ वटा जलविद्युत् आयोजनाका कुल ८९६ जना कर्मचारी र श्रमिकहरू अझै पनि सम्पर्कविहीन छन्, जसमध्ये ठुलो संख्या सुरुङ र पावरहाउसभित्रै फसेको अनुमान गरिएको छ ।
इप्पानले सार्वजनिक गरेको विवरण अनुसार रसुवा र नुवाकोटका गरी ११ वटा आयोजना बाढीबाट नराम्ररी प्रभावित भएका छन् । जसमा माथिल्लो त्रिशूली–१मा ५७६ जना सम्पर्कविहीन भएकोमा २५४ जनाको उद्धार भएको, ३०० जना सुरुङमा फसेका छन् ।
रसुवागढी आयोजनामा ९३ जना सम्पर्कविहीन, रसुवा–भोटेकोशी ४ जना सम्पर्कविहीन ,लाङटाङ खोला ४२ जना सम्पर्कविहीन ९१८ जनाको उद्धार, २५ जना सुरुङभित्रै फसेका छन् । चिलिमे आयोजनामा ८ जना सम्पर्कविहीन, मैलुङ खोला ७ जना सम्पर्कविहीन रहेका छन् ।
त्यस्तै, नुवाकोट जिल्लाका प्रभावित आयोजनाहरूमा माथिल्लो त्रिशूली–३ बी १२२ जना सम्पर्कविहीन भएकोमा ११ जनाको मात्र जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–३ ए मा ४२ जना सम्पर्कविहीन भएकाहरू सुरुङभित्रै फसेको अनुमान छ । जहाँबाट २ जनाको आज उद्धार भएको छ ।
त्यस्तै, मिडल त्रिशूली गंगामा २ जना सम्पर्कविहीन, त्रिशूली जलविद्युतमा १ जना सम्पर्कविहीन र देवीघाट जलविद्युतमा १ जना सम्पर्कविहीन छन् । विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २९० जनाको शव फेला परेको छ ।
रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित) एक हजार २९० शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणका अनुसार बाढीमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ४० जनाको उद्धार गरिएको छ ।
तीन हजारभन्दा बढी होल्डिङ सेन्टर बसिरहेका छन् । प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेका छन् । बाढीमा परी घाइते भएका ३०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली सेनाले तीन हजार २०६ जना र सशस्त्र प्रहरीले एक हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ । बिहीबार मात्र बाढी प्रभावित उत्तरी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ११४ जनाको उद्धार गरिएको छ ।
बिहीबार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । आजपनि विहानैदेखि प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरणको काम जारी छ । विशेष गरी विद्युतीय टनेलमा फसेकाहरुको खोजी कार्यलाई प्राथमिता दिइएको छ । यसका लागि नेपालीसहित भारतीय, चीन, अष्ट्रेलियाली, दक्षिण कोरियाली विज्ञहरु खोजी अभियानमा केन्द्रित भएका छन् ।




