तेस्रो ब्यक्ति बाहिर निकालिदै,१० औं दिनमा कसरी संभव भयो उद्धार ?

१९ भदौ ८३, शुक्रबार
Share this
775shares

१९ भदौ , काठमाण्डौ ।

Advertisement

४० भन्दा बढी मानिसक रहेको अनुमान गरिएको त्रिशूली–३ ए बाट तेस्रो व्यक्तिको उद्धार गरिँदैछ । उद्धारमा खटिएका उद्धारकर्मीहरुले तेस्रो व्यक्तिको उद्धार हुन लागेको जनाएका छन् । अक्सिजन सिलिन्डर र उद्धारका सामग्री अहिले टनेलभित्र पु¥याइएको छ । यसअघि दुईजनाको जीवितै उद्धार भएको थियो ।

उद्धार गरिएका दुईजनामध्ये एकजनाको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार हुँदैछ । “जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ । उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

Advertisement

सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञहरूको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो ।उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए। उद्धार टोलीले सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरेको छ।

Advertisement

उद्धार गरिएका व्यक्ति कविर महर्जन हुन्। साह र महर्जनको घटनास्थलमै खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको छ। रसुवामा बाढी आएको १० दिनपछि सुरुङबाट आज उनीहरू दुवैको उद्धार गरिएको थियो । सुरूमा सञ्जय र त्यसपछि कवीरलाई निकालिएको हो । कवीरको अवस्था जटिल रहेकाले उनलाई तत्काली वीरेन्द्र सैनिक अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

सुरुङभित्र अझै रहेका व्यक्तिहरूको उद्धारका लागि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ। सुरुङबाट उद्धार गरिएका व्यक्तिहरूले भित्र रहेका सबैजना सकुशल रहेको जानकारी दिएपछि बाँकी व्यक्तिहरूको समेत सुरक्षित उद्धार हुने आशा बढेको छ। उद्धार कार्यलाई तीव्रता दिँदै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास भइरहेको छ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो। नेपाली सेनाले बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो।

माथिल्लो त्रिशूली ३ ’ए’ को सुरूङबाट ९ दिनपछि उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको ठाउँनजिकै अरू ३÷४ जना भएको बताएका छन्। नेपाली सेनासँग कुरा गर्दै उनले पावर हाउसमा अरू पनि हुन सक्ने बताएका हुन्। ‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ।

अरू टाइमा ५÷६ जना मात्रै हुन्थ्यौँ। यतिबेला ४०÷४५ जनै थियौँ’, उनले भने, ‘म कन्ट्रोल रुममा भएपछि सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भागेर भएन। सबैलाई बचाउनुप¥यो। सबैलाई बचाउने क्रममा मैले भनेँ– एक्सिडेन्ट भयो ठुलो ड्याममा। अनि सबैलाई भाग्न भनेँ। त्यसो गर्दाखेरि मेरो टाइम गयो। लास्टमा म निस्किन पाएन।’

उनका अनुसार पावर हाउसभित्र धेरै मानिस फसेको हुन सक्छ। उनले भने, ‘भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले भित्र लगिसकेको होला।’ मेरो नाम सञ्जय साह । म कन्ट्रोल रुममा अपरेटर काम गर्छु । अरू बेला त भित्र ४–५–६ जना मात्रै हुन्थ्यौं, त्यतिबेला चिहँ ४०–४५ जना नै थियौँ । म कन्ट्रोल रूममा भएकाले मेरो सबैको ज्यान बचाउनु मेरो जिम्मवारी थियो । त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो । मैले सबैलाई भनेँ– ठूलो एक्सिडेन्ट भयो ड्याममा । अनि सबैलाई भाग्न लगाएँ बाहिर । त्यसो गर्दाखेरि मेरो टाइम गयो र लास्टमा म निस्किनै पाइनँ । अनि म फसेँ । ४०–५० जना काम गरेकालाई भगाइयो । हाम्रो सम्पर्कमा रहेका र साथीहरुसँग कुरा भएका ३–४ जना मात्रै थियौँ, नजिक छेउछाउ कुरा गर्ने, हल्ला गर्ने । भित्रपट्टि पावर हाउसमा पनि मान्छेहरु हुन सक्छ होला । सबै भाग्न नसकेको होला । टनेल लामो छ । टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसक्या होला ।

सेनाका अधिकारीले उनलाई ९ दिनपछि बाहिर निस्किनु भनेको दोस्रो जीवन पाउनुजस्तै हो भन्दै बधाइ दिए । त्यसपछि साहले सोधे– आज कति… १९ गते हो ? ‘हो, १० गते छिरेको तपाईं’ भन्ने जवाफपछि उनले भने, ‘१० गते १० बजे एक्सिडेन्ट भा’थ्यो । हामी टाइम नोट गर्छौँ कन्ट्रोल रूममा । हामी महामन्त्र ईश्वर जप गर्दै थियौँ भित्र…। हरे कृष्ण… ।’

यता त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहका परिवारका सदस्यहरूले धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘छोरालाई कहिले देखूँ कहिले भेटूँ भएको छ । अव काठमाडौँ आउने प्रयासमा छु’, साहका बुबा रामफल शाह भनेका छन् ।

उनले सबैको आर्शीवार्दले आफूहरूलाई शान्ति मिलेको बताएका छन् । साह सप्तरी निवासी हुन् । रामसफलले छोरो नभेट्दासम्म आफूसहित श्रीमती बेहोसजस्तै भएको भन्दै गाउँसमाज समेत चिन्तामा रहेको बताए । उनले छोरालाई कतिवेला देखौँजस्तो भएको बताएका छन् ।

महर्जनका भाइ अमिरले दाइको उद्धार भएको सुन्दा एकदमै खुसी लागेको बताए । ‘परिवारजनमा खुसीको सीमा नै छैन’, अमरिले भने ‘शब्दले बयान गर्ने चिज नै छैन ।’ यस्तै त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताएका छन् ।

भोटेकोशी विपद्पछि सुरुङमा थुनिएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १० औँ दिनमा जीवित उद्धार गरेका हुन् । उद्धारपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखका छन्, ‘दुई जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ ।’

निरन्तर कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका सेना, प्रहरी, सशस्त्र र केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन् । टनेल उद्धारमा निरन्तर प्रयास गरेकोमा सांसद सागर ढकाल र श्रीराम न्यौपानेको पनि गृहमन्त्री गुरुङले प्रशंसा गरेका छन् ।

टनेलमा उद्धार जारी रहेको मन्त्री गुरुङले बताएका छन् । भोटेकोशीमा बाढीसँगै आएको डेब्रीले त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङ पुरिएको थियो । सुरुङको मुख करिब २५ मिटर पुरिएको थियो । चट्टान जस्तै बनेको डेब्रीलाई हटाएर उद्धारकर्मीहरूले विपद्को १० औँ दिनमा दुई जनाको जीवित उद्धार गरेका छन् ।

नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले शुक्रबार बिहान सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरेका हुन् । ६० मेगावटाको त्रिशूली–३ ए जलविद्युत् आयोजना विद्युत् प्राधिकरणले निर्माण गरेको आयोजना हो । त्यहाँ मर्मतको काम चलिरहँदा बाढी आएपछि करिब ४६ जना फसेको आकलन छ ।

तीमध्ये दुई जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका हुन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सञ्चालित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा २५ मिटर तलसम्म रहेको डेब्री खोतलेर इन्ट्री प्वाइन्ट पत्ता लगाइएको सैनिक प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले बताए ।

उनले भने, ‘त्यहाँ धेरै ब्लाष्ट गरियो, धेरै विस्फोटक पदार्थको प्रयोग गरेर इन्ट्री प्वाइन्टमा पुग्न हाम्रा उद्धारकर्मीहरू सफल भए ।’ सुरुङमा छिरेपछि वाटर जेट प्रयोग गरेर पानी बाहिर पठाइएको सहायक रथी बस्नेतले जानकारी दिए । उनले भने, ‘हाम्रा उद्धारकर्मीहरू उभिएर काम गर्ने अवस्था थिएन, सुरुङ भित्र खोस्रिएर काम गरेको अवस्था छ ।’

सैनिक उद्धारकर्मीहरूलाई सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकहरू पनि सँगै खटिएका थिए । त्रिशूली–३ ए मा विपद्को दोस्रो दिनबाट नै काम सुरु गरिएको सहायक रथी बस्नेतले बताए । उनले भने, ‘विपद्को दोस्रो दिनबाट त्यहाँ हाम्रा ६५ जना उद्धार टोली खटिएका थिए ।’

सशस्त्र प्रहरी र हाइड्रोपावरका इन्जिनियर सहित थप २८ जना उद्धारमा खटिएका थिए । त्रिशूली–३ एको ड्याम रसुवाको भूभागमा पर्छ । उद्धारमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालले सुरुमा उनीहरू नबोलेको बताए । उनले भने, ‘उद्धार भएकाहरू सुरुमा बोलेनन् एक्कासि रोए ।’

साथै उनले सबै निकायको राम्रो कोअर्डिनेसनबाट उद्धार गर्न सफल भएको बताए । बरालले एनइएको डाटाअनुसार सुरुङको होल एरियामा ४० देखि ५० जना रहेको आफूहरूलाई जानकारी भएको बताए । ‘टनेल खोल्दै जाँदा उहाँहरू बस्नुभएको ठाउँभन्दा ५०–६० मिटर यतै उहाँहरूले हाम्रो आवाज र लाइभ देख्नुभयो होला । र हामी छौ भन्नुभयो’, त्यसपछि आफूहरूले नआत्तिन भनेको डेढ घण्टापछि उद्धार गर्न सफल भएको बताए ।

उद्धारका क्रममा आफूहरू सफल भएको र नेपालीहरूले नै गर्न खोज्दा सक्ने रहेछन् भन्ने प्रमाणित भएको बरालको भनाइ छ । बरालका अनुसार अझै पनि सुरुङमा मानिसहरू फसेका हुन सक्नेछन् । यता भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका, परिवार गुमाएका तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरू आश्रय लिइरहेका संचार मन्त्री विक्रम तिम्सिनाले जानकारी दिएका छन् ।

विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व हो। तर पीडितको गोपनीयता, सुरक्षा, मर्यादा र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको स्मरण गराएका छन् । उनले लेखेका छन्, सम्बन्धित निकायसँग समन्वयबिना होल्डिङ सेन्टरमा प्रवेश नगर्न, बालबालिका तथा अन्य संवेदनशील व्यक्तिको पहिचान खुल्ने तस्वीर वा विवरण सहमतिबिना नलिन÷सार्वजनिक नगर्न र उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी रिपोर्टिङ गर्न सञ्चारकर्मी साथीहरूलाई आग्रह गर्दछु। विपद्मा पीडितको दुःख समाचारको विषय हो, तर सनसनीको सामग्री होइन। तथ्य र सत्यको खोजी गरौँ—तर मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको मूल्यको पनि ख्याया गरौं, ।

बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् ।

प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ ।

हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ । बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । यसमा २ हजार ८ सय ४७ स्वदेशी नागरिक (२,३६९ पुरुष र ४७८ महिला) रहेका छन् भने १ हजार ३ सय ५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ ।

यसैगरी, ६ सय १ जना विदेशी नागरिकसमेत बेपत्ताको सूचीमा रहेका छन् । विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक ७ हजार ९० जना (४,६५८ पुरुष र २,४७२ महिला) रहेका छन् ।

यस्तै, विदेशी नागरिकतर्फ १ हजार १ सय ७ जना (९०३ पुरुष, १५२ महिला र ५२ जना लिंग नखुलेको) को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् ।

कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top