काठमाडौंमा ग्यास बिक्री–वितरणमा प्रशासनको कडाइ, कालोबजारी गर्नेलाई कारबाही

२८ भदौ ८३, आइतबार
Share this
714shares

काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नभएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास बिक्री–वितरणमा कडाइ गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई उद्योग वा डिलरबाट प्राप्त ग्यास जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ। प्रशासनले जिल्लाभर ग्यासको आपूर्ति तथा बिक्री–वितरणको सघन अनुगमनसमेत गरिरहेको जनाएको छ।

Advertisement

सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा कालोबजारीसम्बन्धी कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। त्यस्तै, ग्यास भण्डारण गरी लुकाएको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने जनाएको छ।ग्यासको स्टक लुकाएको वा स्टक राखेर बिक्री नगरेको सूचना पाएमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३३२२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा ग्यासको आपूर्ति र बिक्री–वितरणमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी असुल्ने तथा भण्डारण गरी बिक्री नगर्ने कार्य नगर्न सम्बन्धित विक्रेता तथा वितरकलाई सचेत गराइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top