फेरि विश्वकपमा छनोट हुने छौँ : कप्तान पारस खड्का

२६ असोज ७५, शनिबार

काठमाडौँ, असोज २७
विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए ।

मलेशियामा भएको प्रतियोगितामा अपराजित रहेको नेपाल शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।

उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

Advertisement

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिक्रिय दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् ।

Advertisement

कप्तान खड्काले भने –“फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छाँै, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ”।

अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नुहेन बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए । उनले भने “अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ” ।

एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top