३० भदौ, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक ।
आज अमेरिकी डलरको भाउ लगातार तेस्रो दिन स्थिर रहँदा बहराइन दिनार भने केही महँगियो भने युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र कुवेती दिनारसहित केही प्रमुख विदेशी मुद्राको विनिमयदर घट्यो ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम । युरो १ को खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७८ पैसा छ भने पाउन्ड स्ट्रलिङको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा निर्धारण ।
अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा तोकियो ।
कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा कायम हुँदा बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३७ पैसा पुग्यो ।




