प्रधानमन्त्री बालेनको सचिवालय सदस्य भन्दै झापामा सरकारी गाडी दुरुपयोग गर्ने युवा पक्राउ

३० भदौ ८३, मंगलबार
Share this
720shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य भएको दाबी गर्दै झापामा सरकारी गाडी चढेर विभिन्न कार्यालय र पालिकामा पुगेका एक युवक पक्राउ परेका छन्। झापा हल्दिबारी–१ का २६ वर्षीय सुजन विश्वकर्मा गत शुक्रबार चन्द्रगढी विमानस्थलमा प्रहरीका एक डीएसपीसँगै सिडियाे कार्यालय पुगेका थिए । उनले आफू प्रधानमन्त्रीको सचिवालय सदस्य भएको र पालिका तथा सरकारी कार्यालय अनुगमनका लागि आएको बताएपछि ती डीएसपीले उनलाई जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी सक्षम भेट गराएका हुन् । जिल्ला प्रशासन कार्यालयका अधिकारीसमक्ष पनि आफू प्रधानमन्त्रीको सचिवालय सदस्य र रास्वपा केन्द्रीय सदस्य भएको बताएपछि उनलाई सरकारी गाडी उपलब्ध गराइएको थियो। त्यसपछि उनी दिनभर विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था र आफ्नै गृहपालिका हल्दिबारी पुगेका थिए।

Advertisement

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार विश्वकर्माले केन्द्रसम्म आफ्नो पहुँच रहेको भन्दै विकास निर्माणका योजना माग्न आग्रह गरेका थिए। तर, उनको परिचय र गतिविधिमाथि शंका लागेपछि प्रहरीलाई जानकारी गराइएको थियो।

प्रहरी अनुसन्धानबाट विश्वकर्माले नक्कली परिचय बनाएर सरकारी कार्यालय तथा शैक्षिक संस्थामा धम्कीसमेत दिएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई प्रहरीले पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए।

Advertisement

पालिकाका अध्यक्ष लिङ्देनका अनुसार विश्वकर्माले यसअघि डान्स सेन्टर सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय सामाजिक सञ्जालमा रास्वपा नेताहरूसँगका तस्बिर राख्दै आफू ठूलो राजनीतिक पहुँच भएको व्यक्ति भन्दै हिँडेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top