कार्यवाहक अमेरिकी राजदूतले गरिन् प्रधानमन्त्री बालेन्द्रसँग शिष्टाचार भेट

३१ भदौ ८३, बुधबार
Share this
713shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। उनले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनका कारण यस्ता घटना बढिरहेको बताए।

Advertisement

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासका साथै नेपालमा अमेरिकी लगानीका अवसरबारे पनि चर्चा गरे। भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्। उनले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग तथा सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी दिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top