२ असोज , काठमाण्डौ ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच बिहीबार नयाँदिल्लीमा एकल तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता ।
वार्तामा नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा तथा कनेक्टिभिटीलगायत विषयमा छलफल भएको सार्वजनिक विवरणमा उल्लेख ।

तर वार्ताका क्रममा नेपाली राष्ट्रिय झण्डा नराखिएको विषय भने विवादमा ।
भारतीय अर्थमन्त्री सीतारमणको कार्यकक्षमा भएको भेटका सार्वजनिक तस्बिरमा उनको छेउमा भारतीय झण्डा देखिए पनि अर्थमन्त्री वाग्लेकोतर्फ नेपाली झण्डा हुनु पर्नेमा भारतीय झण्डा नै देखियो ।

प्रतिनिधिमण्डलस्तरीय बैठकमा समेत दुवैतर्फ भारतीय झण्डा राखिएको तस्बिर सार्वजनिक भएपछि कूटनीतिक प्रोटोकलको व्यवस्थापनमाथि प्रश्न ।
बैठकस्थलमा राखिएको डिजिटल बोर्डमा भने नेपाल र भारत दुवै देशका झण्डा देखाइएको थियो।
अर्थमन्त्रीको सचिवालयका प्रेस संयोजक नवीन ढुंगानाले डिजिटल बोर्डमा दुवै देशका झण्डा रहेको तथा अर्थमन्त्री वाग्लेको अगाडि टेबलमा सानो आकारको नेपाली झण्डा राखिएको बताए ।
नेपालको झण्डा नराखी बैठक गरिएको भन्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीको आपत्ति ।



