आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

२ असोज ८३, शुक्रबार
Share this
757shares

२ असोज , काठमाण्डौ ।

Advertisement

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहदा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना ।

तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको भनाइ ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा तथा विभिन्न प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पुर्वानुमान

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top