२ असोज , काठमाण्डौ ।
क्वेसम एयरफिल्डमा अमेरिकी सेनाको एमक्यू–९ ड्रोन खसालेको इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोर (आईआरजीसी) को दाबी ।
बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय समयअनुसार बिहान १०ः१२ बजे आधुनिक वायु रक्षा प्रणाली प्रयोग गरी ड्रोन खसालिएको उल्लेख ।

आईआरजीसीका अनुसार नष्ट गरिएको ड्रोन अमेरिकी सेनाको थियो र क्वेसमलाई लक्षित गरी उडाइएको थियो। उसले उक्त ड्रोनलाई इरानी सेनाले नष्ट गरेको ५३औँ अमेरिकी ड्रोन भएको दाबीसमेत गरेको छ।
आईआरजीसीले ड्रोन खसाल्न प्रयोग गरिएको वायु रक्षा प्रणालीबारे विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।

घटनाबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया नआएको बीबीसी फारसीमा उल्लेख ।
अमेरिकी पक्षबाट पुष्टि नभएसम्म ड्रोन खसालिएको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी



