५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

२ असोज ८३, शुक्रबार
Share this
708shares

२ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको खबरका साथ हामी नेपाल टाइम्समा उपस्थित भएका छौं । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो ।

नयाँ ५० रुपैयाँको नोटका प्रमुख विशेषता यस्ता रहेका छन् । नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहनेछ ।

Advertisement

बाँयातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । सोको मुनि ‘५०’ अंकित पानीछापमा समेत छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर वि.सं. २०८२ लेखिएको छ । नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ । नोटमा १.२ मिलिमिटर चौडा भएको कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ ।

त्यसलाई प्रकाशतर्फ पारेर हेर्दा धागो पूर्ण रूपमा देखिन्छ । उक्त धागोमा ‘ एनआरबी’ लेखिएको छ । नोटको पछाडि मध्य खण्डमा हिउँ चितुवाको चित्र तथा त्यसको माथि नेपाल राष्ट्र बैक लेखिएको छ । तल्लो खण्डमा रुपिज फिफ्टी र ‘२०२५ एडी उल्लेख गरिएको छ ।

Advertisement

राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको (सिरिज २०१९) का नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनेर सूचना जारी भए पनि ज ८९ ००००००१ देखि ट २३ ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

याँ सिरिजको नोट प्रचलनमा आएसँगै यसअघि चलनचल्तीमा रहेका ५० रुपैयाँ दरका नोट पनि कानुनी रूपमा चलनचल्तीमै रहनेछन् । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको पहिचान तथा त्यसमा रहेका सुरक्षा विशेषताबारे जानकारी गराउने उद्देश्यले सूचना जारी गरेको हो ।

गएको कात्तिकमा नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका ४२ करोड थान बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग करार सम्झौता गरेको थियो । नोट छाप्नका लागि बोलकबोल प्रक्रियाबाट छनोट भएको ‘बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ, चीन’ कम्पनीसँग राष्ट्र बैंकले उक्त सम्झौता गरेको हो ।

उल्लिखित नोट छपाइका लागि राष्ट्र बैंकले १ करोड ४ लाख २२ हजार ५ सय ३५ अमेरिकी डलर (करिब १ अर्ब ४८ करोड रुपैयाँ) भुक्तानी गरेको थियो । उल्लेखित खर्चका आधारमा नयाँ छापिने नोटमा प्रतिथान ३ रुपैयाँ ५२ पैसा लागत लाग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बैंकनोटको छपाइ अन्तर्राष्ट्रिय बोलपत्रमार्फत छनोट गरिएको विदेशी सुरक्षण मुद्रण कम्पनीबाट गरिन्छ। नेपालमा अहिले सुरक्षण मुद्रण केन्द्र, पनौती सञ्चालनमा आए पनि त्यसले बैंकनोटलगायत सुरक्षण मुद्रण नेपालमै गर्ने उद्देश्य राखेको छ।

नेपाल राष्ट्र बैंकले विगतमा चीन, जर्मनी, स्वीडेन, बेलायत, क्यानडा, फ्रान्स, रुस र इन्डोनेसियालगायतका विभिन्न अन्तर्राष्ट्रिय नोट छाप्ने कम्पनीलाई प्रि–क्वालिफाइ गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top