प्रधानमन्त्री राहत कोषमा छोग्याल रिन्पोछेद्वारा १० लाख सहयोग

२ असोज ८३, शुक्रबार
Share this
726shares

२ असोज , काठमाण्डौ ।

Advertisement

बीआईए फाउन्डेसन तथा रेपा नेपालका संस्थापक छोग्याल रिन्पोछेले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेका छन्।

रिन्पोछेले शुक्रबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको कार्यालयमा पुगेर उक्त रकम राहत कोषका लागि हस्तान्तरण गरेका हुन्।

Advertisement

रसुवा र नुवाकोटमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि यसअघि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बीआईए फाउन्डेसन र रेपा नेपालले जनाएको छ ।

Advertisement

दुवै संस्थाले प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गरिरहेका छन्।

परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा रिन्पोछेले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको अवस्थाबारे चासो व्यक्त गर्दै राहतसँगै पुनर्निर्माण तथा पुनःस्थापनाका काममा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रभावित समुदायलाई दीर्घकालीन रूपमा सहयोग पु¥याउने उद्देश्यले आफूले सक्ने सबै प्रकारका सहयोग गर्न इच्छुक रहेको उनले बताएका छन्।

बीआईए फाउन्डेसन र रेपा नेपाल सामाजिक क्षेत्रमा सक्रिय संस्थाका रूपमा विभिन्न मानवीय तथा समुदाय केन्द्रित गतिविधिमा संलग्न हुँदै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top