स्तन क्यान्सर सचेतनाका ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा

२ असोज ८३, शुक्रबार
Share this
752shares

२ असोज , काठमाण्डौ ।

Advertisement

स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जागरण तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यका साथ ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६) बिहान ६ बजेदेखि पदयात्रा सञ्चालन गर्न लागेको हो।

Advertisement

सहभागीहरूले काठमाडौँ दरबार स्क्वायर (वसन्तपुर) देखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन्।

कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरमुक्त भएका व्यक्ति, प्रभावित परिवार, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहनेछ।

Advertisement

स्तन क्यान्सर समयमै पहिचान हुन सके उपचार प्रभावकारी हुने भएकाले नियमित परीक्षण र प्रारम्भिक पहिचानका विषयमा समुदायमा चेतना फैलाउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

यसका साथै क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका बिरामी र तिनका परिवारलाई सामाजिक र भावनात्मक सहयोग पु¥याउने सन्देश समेत प्रवाह गरिनेछ ।

यसअघि २०८० असोजमा सम्पन्न पहिलो संस्करणमा ६०० भन्दा बढी सहभागीहरूले नक्साल नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए।

दोस्रो संस्करणको रूपमा हुन लागेको यस अभियानलाई काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले सहयोग गरेका छन्।

अभियानमा नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस् र वल्र्ड अफ ओमेन लगायतका संस्थाहरू साझेदार रहेका छन्।

पिंकवाकको आयोजक इन्फिनिट केयर्स, ६०० भन्दा बढी जनशक्ति कार्यरत बहुराष्ट्रिय आईटी कम्पनी ‘इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रा.लि.’ को सामाजिक उत्तरदायित्व पहल हो।

त्यस्तै सह–आयोजक क्यान्सर केयर नेपाल, आर्थिक वा भौगोलिक अवस्थाका कारण कोही पनि क्यान्सरसम्बन्धी जानकारी र उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने ध्येयका साथ क्रियाशील गैरनाफामूलक संस्था हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top