असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्रीकाे आग्रह

७ असोज ८३, बुधबार
Share this
805shares

काठमाडौं । मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले सतर्क रहन आग्रह गरेका छन् ।उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको हुँदा साे समयमा ख्याल राख्न सामाजिक सञ्चालमार्फत आव्हान गरेका हुन् ।

Advertisement

त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको पनि बताएका छन् । मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम रहेको माैसम विज्ञान  विभागले जनाएको हुँदा सर्वसाधारणले विशेष सतर्क बन्नुपर्ने उनकाे भनाइ छ ।

सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानसँगै सडक तथा हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत  उनले आगह्र गरेका छन् । विभागले पानी परिरहेको समयमा तथा रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गरेको र पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका बस्तीमा विशेष सतर्कता अपनाउन पनि  प्रधानमन्त्री शाहकाे आग्रह छ।

Advertisement

त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न उनले अनुरोध गरेका छन् । मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि शाहकाे आग्रह  छ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top