काठमाडाैं । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको छ। पहिरो हटाउने कार्य जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द रहने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले सडकखण्डको अवस्था र सवारी आवागमन बन्दसम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराएको छ।





