अक्सफोर्ड यूकेबाट विपद् राहत कोषमा २५ लाख ५० हजार सहयोग,

१० असोज ८३, शनिबार
Share this
724shares

१० असोज , काठमाण्डौ ।

Advertisement

नेपालमा आएको विनाशकारी भोटेको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहत तथा पुनस्र्थापनाका लागि बेलायतमा रहेका नेपाली समुदायहरुले २५ लाख भन्दा बढी सहयोग गरेका छन् ।

अक्सफोर्डस्थित हेल्प फर नेपाल च्यारिटी र नेपाली कम्युनिटी अक्सफोर्डशायरको संयुक्त आयोजनामा सञ्चालित आपत्कालीन राहत संकलन अभियानबाट १२ हजार ५०० पाउन्ड अर्थात् करिब २५ लाख ५० हजार नेपाली रुपैयाँ संकलन गरी राहत कोषमा जम्मा गरिएको छ ।

Advertisement

अक्सफोर्डका स्थानीय नेपाली समुदाय, बेलायतका विभिन्न स्थानमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय सहयोगीहरूबाट संकलित उक्त रकम लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

Advertisement

राहत अभियानको नेतृत्व हेल्प फर नेपाल च्यारिटीका अध्यक्ष क्याप्टेन (अवकाश प्राप्त) तुलसी पौडेल र नेपाली कम्युनिटी अक्सफोर्डशायरकी अध्यक्ष दीपा थापाले संयुक्त रूपमा गरेका थिए ।

अभियानमा आर्थिक सहयोग गर्नुका साथै प्रचारप्रसार, सद्भाव तथा ऐक्यबद्धतामार्फत साथ दिने सबैप्रति आयोजकहरूले आभार व्यक्त गर्दै विपद्को कठिन घडीमा विदेशमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाएको सहयोग र एकताले प्रभावित परिवारलाई राहतसँगै ठूलो हौसला प्रदान गर्ने बताएका छन् ।

बेलायतबाट नेपालमा भइरहेको घटनाक्रम हेर्नु निकै पीडादायी भएको भन्दै बाढीको क्षतिको जानकारी पाएलगत्तै राहत संकलन अभियान सुरु गरिएको समुदायका पूर्वअध्यक्ष तथा हेल्प फर नेपालका सदस्य तुलसी पौडेलले नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।

उनले भने, “हामी नेपालमा छैनौँ र हजारौँ माइल टाढा छौँ, तर यो अवस्था निकै पीडादायी छ।” समुदायले बाढीपीडितहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो।

नेपाली तथा अक्सफोर्डसायरका अन्य समुदायका मानिसहरूले प्रभावित तथा ज्यान गुमाएका व्यक्तिको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली दिएका थिए।

पौडेलका अनुसार कार्यक्रममा बाढीका कारण ज्यान गुमाएका, घाइते भएका तथा अस्पतालमा उपचाररत व्यक्तिहरूको स्वास्थ्यलाभका लागि प्रार्थना गरिएको थियो।

उक्त रकम प्रभावित क्षेत्रमा खाद्यान्न, कपडा, आश्रय, औषधि, सरसफाइ तथा खानेपानी लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन प्रयोग हुने उनको विश्वास छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top