एसियाड क्रिकेटः नेपाल क्वाटरफाइनलमा, अब श्रीलंकासँग खेल्ने, सन्दीप–लोकेशको अर्धशतक

१० असोज ८३, शनिबार
Share this
790shares

१० असोज , काठमाण्डौ ।

Advertisement

नेपाल र जापानबीच २० औं एसियाली खेलकुद अन्तर्गत शनिबारको क्रिकेट खेल रद्द भएको छ । पुरुष क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण रद्द भएपछि नतिजाविहीन भएको छ । वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो ।

करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । सन्दीप जोराले र लोकेश बमले अर्धशतक बनाएपछि नेपालले राम्रो स्कोर बनाएको थियो ।

Advertisement

जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए । ओपनर कुशल भुर्तेल र कुशल मल्लले धैर्य गुमाइरहेको समयमा आत्मविश्वासका साथ खेलिरहेका जोराले ५ चौका र ३ छक्का प्रहार गरे ।

उनी ४९ रन भएको समयमा बाउन्ड्री लाइनमा जापानी फिल्डरले क्याच फुत्काएपछि चौका भएको थियो । लोकेशले इनिङ्सको अन्तिम बलमा अर्धशतक पूरा गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक पनि हो ।

Advertisement

लोकेशले कुल १ चौका र ६ छक्का प्रहार गर्दै झन्डै २ हजारमध्येका अधिकांश नेपाली दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गरेका थिए । भुर्तेल १२ बल खेली ४ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १५ बल खेली समान १ चौका र छक्का प्रहार गरी २१ रन बनाए ।

मल्ल ५ बल खेली २, गुल्झन झा ६ बलमा २ रन बनाई आउट भए । जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १–१ विकेट लिए । नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको थियो र पिचलाई कभरले ढाकिएको थियो ।

वर्षाकै कारण दोस्रो इनिङ सुरु हुनै सकेन । यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो । क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ ।

अफगानिस्तानले भारतसँग खेल्नेछ । नेपालले शुक्रबार भने अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनल पुगेको नेपालले अब श्रीलंकासँग सेमिफाइनल पुग्न खेल्ने छ ।

खेल मंगलबार बिहान पौने ६ बजे सुरु हुनेछ । घरेलु टोली जापान भने समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top