११ असोज , काठमाण्डौ ।
असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु ।
बाढीपहिरोमा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले दिए जानकारी ।

प्रहरीका अनुसार विपद्मा परी दुई जना घाइते ।
लगातारको वर्षापछि विभिन्न जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेपछि उद्धार तथा राहतका कामलाई प्राथमिकता दिएको प्रहरीको भनाइ ।

बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न स्थानबाट हालसम्म ४०७ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता काफ्लेले दिए जानकारी ।
अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह ।



