बालेनको ऐतिहासिक र बहुचर्चित सम्बोधन,वर्णन गरेर थाकेनन् परराष्ट्रमन्त्री

१४ असोज ८३, बुधबार
Share this
742shares

१४ असोज , काठमाण्डौ।

Advertisement

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल आज बिहान स्वदेश फर्किएका छन् । न्यूयोर्कबाट स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन ‘ऐतिहासिक’ बनेको र विश्वकै ध्यान आकर्षित गर्न सफल भएको दाबी गरेका छन् ।

उनले प्रधानमन्त्रीको सम्बोधनबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक छवि नयाँ उचाइमा पुगेको समेत बताए । नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनपछि बनेको सरकार र त्यसको नेतृत्व गरिरहेका युवा प्रधानमन्त्रीले विश्व मञ्चमा आफू र आफ्नो देशलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायमा सुरुदेखि नै गहिरो चासो रहेको परराष्ट्रमन्त्रीले उल्लेख गरे ।

Advertisement

‘एउटा ठूलो राजनीतिक परिवर्तनपछि देशको नेतृत्व सम्हाल्नुभएका युवा प्रधानमन्त्रीप्रति नेपालभित्र र बाहिर निकै ठूलो कौतूहल थियो । उहाँले विश्व मञ्चमा आफू र मुलुकलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने प्रतीक्षा थियो,’ मन्त्री खनालले भने, ‘सम्बोधनपछि भने संसारभरका प्रमुख समाचार माध्यमहरूमा उहाँको मन्तव्य प्रमुख हेडलाइन बन्यो ।’

संयुक्त राष्ट्रसङ्घको यस वर्षको महासभाका सम्बोधनहरूमध्ये प्रधानमन्त्री बालेन शाहको भिडियो विश्वभर नै सबैभन्दा धेरै हेरिएको (मोस्ट भ्युड) रेकर्ड बनाउन सफल भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहको सम्बोधन केवल औपचारिकतामा सीमित नरहेर नेपालको वास्तविक पीडा र राष्ट्रिय हितलाई स्थापित गर्न केन्द्रित रहेको उनको भनाइ थियो ।

Advertisement

हालै भोटेकोसीमा आएको भीषण बाढीलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै प्रधानमन्त्रीले विश्व मञ्चमा जलवायु सङ्कटको भयावह यथार्थ प्रस्तुत गरेको उनले बताए । महासभाका क्रममा भएका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरूमा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्री शाहको सम्बोधनको उच्च प्रशंसा गरेको परराष्ट्रमन्त्रीले जानकारी दिए।

पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीज्यूको सम्बोधनपछि मसँग भएका दर्जनौँ भेटवार्तामा विदेशी नेता तथा कूटनीतिज्ञहरूले उहाँको विचारको खुलेर प्रशंसा गर्नुभयो । उहाँले उठाउनुभएका मुद्दाप्रति अन्तर्राष्ट्रिय समुदायले पूर्ण ऐक्यबद्धता जनाएको छ ।

विश्वकै कान्छो सरकार प्रमुखका रूपमा उहाँले देखाउनुभएको कूटनीतिक परिपक्वताले नेपालको प्रस्ताव र अडानप्रति विश्व समुदायलाई सकारात्मक बनाएको छ ।’ प्रधानमन्त्रीको उक्त ऐतिहासिक प्रस्तुतिले आगामी दिनमा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिलाई थप सबल र प्रभावकारी बनाउन बलियो जग तयार पारेको परराष्ट्रमन्त्रीको निष्कर्ष छ।

राष्ट्रसंघकै सर्वाधिक लोकप्रिय भाषण गरेका प्रधानमन्त्री बालेनले महासभामा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर विश्वव्यापी समस्या भएको भन्दै नेपालजस्ता मुलुकले भोगिरहेको क्षतिको अन्तर्राष्ट्रिय जिम्मेवारीबारे प्रश्न उठाएका थिए।

उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए। यस्तो संयन्त्रमार्फत भू–उपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदान, हिमतालको निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद्का बेला सीमापार सहकार्य गर्नुपर्ने उनको प्रस्ताव थियो। सम्बोधनका क्रममा बालेनले हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, जीविकोपार्जन र पारिस्थितिक प्रणालीसँग जोडिएको उल्लेख गर्दै हिमालयलाई विश्वको जीवन प्रणालीकै महत्वपूर्ण हिस्सा भएको बताएका थिए।

उनले जलवायु परिवर्तनले सीमा नचिन्ने भएकाले विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। बालेनको सम्बोधनमा पछिल्लो बाढीबाट भएको मानवीय क्षति, जलवायु न्याय, पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा विद्यमान विश्वव्यवस्थामाथिका प्रश्नसमेत समेटिएका थिए।

बालेनले विपत्तिपछिको पुनर्निर्माणका लागि नेपाललाई थप ऋणको भार बोकाउनुको सट्टा पर्याप्त अनुदान उपलब्ध गराउनुपर्ने माग गरे । जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले त्यसको क्षति बेहोर्न थप ऋण लिनुपर्ने अवस्था न्यायसंगत नहुने उनको तर्क थियो ।

उनको भाषणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि जलवायु संकट र हिमालय क्षेत्रसँग जोडिएको नेपालको दृष्टिकोणका रूपमा कभरेज गरेका छन्। महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह भने असोज १० गते स्वदेश फर्किएका थिए । त्यसको ४ दिनपछि परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता भएका हुन् ।

उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गरेका थिए ।

सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तरराष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको विश्लेषण गरिएको छ । खनालले नेपालले उठाएको ‘जलवायु न्याय’ को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी पनि गरेका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको बताएका हुन् ।

महासभाका क्रममा जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । विशेष गरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोग माग गरिएको थियो ।

नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई क्षति न्यूनीकरणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको परराष्ट्रमन्त्री खनालले बताए । भ्रमणका क्रममा नेपालले तीन नयाँ देश ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरूको सङ्ख्या १८८ पुगेको छ । यसका साथै विभिन्न देशसँग कूटनीतिक तथा सेवा राहदानी वाहकका लागि भिसा छुट गर्नेसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

विमानस्थलमा पत्रकारहरूसँग बोल्दै परराष्ट्रमन्त्री खनालले भने, ‘नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम र नागरिकको समृद्धिको आकाङ्क्षालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त भयो। हालै नेपालले भोगेको भोटेकोशी बाढीलाई हामीले ‘हिमालयन सुनामी’ का रूपमा प्रस्तुत गर्दै जलवायु न्यायको विषयलाई विश्वमञ्चमा उच्च प्राथमिकताका साथ उठाएका छौँ। प्रधानमन्त्री बालेन्द्र साहले सम्बोधनका क्रममा लस एण्ड ड्यामेज फन्डलगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल बनाउन गर्नुभएको आह्वान निकै महत्त्वपूर्ण रहेको छ।’

उनका अनुसार बाढीपश्चात् खोज, उद्धार तथा राहतमा सहयोग पु¥याउने छिमेकी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रह गरिएको छ। यस भ्रमणले आगामी दिनमा नेपालको कूटनीतिलाई थप प्रभावकारी र सशक्त बनाउँदै राष्ट्रिय हित प्रवद्र्धनमा ठोस योगदान पु¥याउने स्पष्ट आधार तय गरेको विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गरे।

प्रधानमन्त्री शाहको सम्बोधनपछि न्युयोर्कमा भएका विभिन्न औपचारिक तथा अनौपचारिक भेटवार्ताहरूमा विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूले मन्तव्यको खुलेर प्रशंसा गरेको उनले बताए । विश्व समुदायले प्रधानमन्त्रीले विश्व मञ्चमा राखेका कुरा र उठाएका मुद्दाहरूप्रति बलियो ऐक्यबद्धता जनाएको मन्त्री खनालको भनाइ छ ।

परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको पनि बताएका छन् ।

यस्तै खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको बताए । महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्ताहरूमा भोटेकोशी बाढीले पु¥याएको क्षतिबारे विश्व समुदायले गम्भीर चासो र ऐक्यबद्धता प्रकट गरेको उनले जानकारी दिए ।

‘भेटघाटको क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ मन्त्री खनालले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भनेर मेरा सबैखाले औपचारिक र अनौपचारिक भेटवार्तामा प्रश्न र प्रसंगहरू उठेका थिए।’

बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्नेतर्फ विभिन्न राष्ट्र तथा निकायको रुचि पाएको उल्लेख गर्दै उनले नेपालले भोगिरहेको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर रहेको बताए ।‘समग्रतामा नेपाल जलवायु संकटले निम्त्याइरहेको प्रकोपमा परिरहेको छ, त्यसप्रति पनि विश्व समुदायको ऐक्यबद्धता रहेको पाएँ,’ मन्त्री खनालले थपे, ‘नेपालले जसरी आफ्ना अप्ठ्याराहरूलाई विश्व मञ्चमा उठायो, त्यसमा सबैको विशेष चासो रहेको मैले पाएँ।’

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र नेपाली प्रतिनिधिमण्डलको उच्चस्तरीय भेटवार्ताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायको मुद्दालाई थप सशक्त रूपमा स्थापित गरेको मन्त्री खनालको भनाइ छ ।

यसैक्रममा मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने समेत बताएका छन् । यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन् । मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए ।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी छ।’

भ्रमणको मितिबारे सोधिएको प्रश्नमा उनले थपे, ‘आजको अवस्थासम्म कहिले हुन्छ भन्ने यकिन छैन। तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top