१८ असोज , काठमाण्डौ ।
खराब मौसमका कारण भारतको लखनउतर्फ डाइभर्ट गरिएको फ्लाइ दुबईको जहाज पुनः पोखरा फर्किएर सुरक्षित अवतरण ।
दुबईबाट पोखरा आएको फ्लाइ दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल भएपछि केही समय आकाशमै होल्ड भएको थियो।

तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि जहाजलाई भारतको लखनउतर्फ डाइभर्ट गरिएको थियो।
पोखराको मौसममा सुधार आएपछि जहाज शनिबार राति ९ बजेर ३३ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको विमानस्थलको भनाइ । फ्लाइ दुबईको उक्त जहाजले रातिनै पोखराबाट दुबई जाने यात्रु लिएर पुनः उडान भर्याे ।

विमानस्थलका अनुसार मौसम अनुकूल रहेमा पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान नियमित प्रक्रियाअनुसार सञ्चालन हुने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय मौसममा आउने अचानक परिवर्तनका कारण उडान प्रभावित हुने गरेको छ।
यात्रु तथा सम्बन्धित पक्षलाई मौसमको अवस्था हेरेर उडान तालिका व्यवस्थापन गर्न विमानस्थलको आग्रह ।



