१९ असोज , काठमाण्डौ ।
नेपालमा अहिले मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।
कर्णाली र सुदूरपश्चिमका साथै गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ भने कोशी, मधेस र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव ।

लुम्बिनीको तराईमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहदा कोशीका थोरै तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा हुने ।
आज देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा दिउँसो र राति मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान ।
कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहदा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने ।



