१९ असोज , काठमाण्डौ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बम, माजिद अन्सारीसहितसहितको प्रतिक्रिया।
प्रधानमन्त्री शाहले खुलामञ्च राम्रो बनाइएकाले ‘नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै फेसबुकमा टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता रक्षा बमले आन्दोलनका क्रममा जेनजी युवाले ज्यान गुमाएका, घाइते भएका र रगत बगाएका कारण राजनीतिक संस्कार नभएकाहरूले प्रधानमन्त्री, मन्त्री र सांसद बन्ने अवसर पाएको भन्दै गरिन् टिप्पणी ।

यस्तै, माजिद अन्सारीले पनि प्रधानमन्त्री शाहको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै आलोचनालाई सहज रूपमा स्वीकार गरी काम गर्ने शैली सुधार्नुपर्ने बताए । देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले सामाजिक सञ्जालमा असंयमित भाषाको प्रयोग गर्नु दुःखद भएको अन्सारीको टिप्पणी ।
अन्सारीले कांग्रेस महाधिवेशनमा उठाइएका सुकुम्बासी, बाढीपीडित र विदेशमा रहेका नेपालीका मुद्दालाई ‘गाली गर्न पाएका छन्’ भनेर टिप्पणी गर्नु उचित नभएको बताए ।

खुलामञ्च सुधारका लागि प्रधानमन्त्री शाहको भूमिकाको प्रशंसा गर्दै त्यसलाई आलोचनामाथिको जवाफभन्दा उपलब्धिका रूपमा प्रस्तुत गर्न सुझाव ।



