धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले गाली गर्न पाए

१९ असोज ८३, सोमबार
Share this
656shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आफूविरुद्ध टिप्पणी भएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत दिए कटाक्षपूर्ण प्रतिक्रिया ।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति थापासहित विभिन्न वक्ताले प्रधानमन्त्री शाहको कार्यशैली र संसद्मा उनको उपस्थितिलाई लिएर टिप्पणी गरेका थिए।

Advertisement

सभापति थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै ‘संसद् खुला छैन, संसद्भित्र पनि खुलामञ्च चाहिएको छ’ भनी आलोचना गरेका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री शाहले फेसबुकमार्फत कांग्रेसलाई लक्षित गर्दै लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’

Advertisement

प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा खुलामञ्चलाई व्यवस्थित बनाइएको प्रसंग जोड्दै कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै गरे व्यंग्य ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा भएका राजनीतिक टिप्पणीको जवाफ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top