भोटेकोशी बाढीपछिको खोज तथा उद्धार स्थगन गर्ने सरकारको निर्णय

१९ असोज ८३, सोमबार
Share this
711shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

अत्यावश्यक बाहेक हालका लागि भोटेकोसी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने सरकारको निर्णय ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको जानकारी ।

Advertisement

अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनस्र्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय ।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको उल्लेख ।

Advertisement

प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँबराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने पनि बैठको निर्णय ।

बैठकमा विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण र पुनस्र्थापनाको काम पनि त्यसै गरी हुने प्रधानमन्त्रीद्धारा उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top