१९ असोज , काठमाण्डौ ।
गृहमन्त्री सुधन गुरुङ आगामी साता औपचारिक भ्रमणका लागि भारत जाने ।
गृहमन्त्रीको पद सम्हालेपछिको आफ्नो पहिलो विदेश भ्रमणका रूपमा उनी २६ असोजमा नयाँदिल्ली प्रस्थान गर्ने तालिका ।

भ्रमणका क्रममा उनी २७ असोजमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुने ।
उक्त बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सातवटै सदस्य राष्ट्रका गृहमन्त्रीहरूको उपस्थिति रहने ।

गृहमन्त्रीस्तरीय बैठक बस्नुअघि बिमस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक आयोजना गरिने ।
सन् १९९७ मा क्षेत्रीय संगठनका रूपमा स्थापना भएको बिमस्टेकको इतिहासमै गृहमन्त्रीहरूको यो पहिलो बैठक हुँदै ।
यस बैठकमा सदस्य मुलुकहरूबीचका साझा सुरक्षा चासोका विषयहरूमा गहन छलफल हुने अपेक्षा ।
विभिन्न समयमा गृह सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका एजेन्डामाथि नै गृहमन्त्रीस्तरीय बैठकमा विमर्श हुने ।
भारत बसाइका क्रममा गृहमन्त्री सुधन गुरुङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने । यसै सिलसिलामा उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अपेक्षा ।



