भारतसँगको हवाई रुट कार्यान्वयन हुन नसक्नु सरकारको असफलताः गच्छदार

विराटनगर, असोज ३०
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतसँगको थप चार हवाई रुट प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसक्नु सरकारको असफलता भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भएको सहमति कार्यान्वयन गराउन नसक्नु नै सरकारको असफलता भएको बताए । मुलुकमा महँगी वृद्धि र जनतामा करको भार थप गरेकोमा पनि चिन्ता व्यक्त गरे ।

नेता गच्छदारले मुलुकमा दिन प्रतिदिन शान्ति सुरक्षाको अवस्थामा बिग्रँदो अवस्थामा गएको बताउँदै बलात्कार र हत्याका घटना दिन प्रतिदिन वृद्धि भएर सुरक्षा अवस्था नभएको जस्तो अनुभूति जनताले गरेको आरोप समेत लगाए ।

सुरक्षा संवेदनशील विषय भएकोले प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने वताए । गच्छदारले परराष्ट्र, अर्थ र सुरक्षा जस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे ।

उनले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानुनसंगत ढंगले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोडसमेत दिए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले नेपाली कांग्रेस विजयी भएको स्थानीय तहमा संघीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top