सिरहाको दुर्गा मन्दिरमा वृहत सरसफाइ

३० असोज ७५, बुधबार

सिरहा, असोज ३१
सिरहाको दुर्गा मन्दिर परिसर एवम् सुब्बा पोखरीको सरसफाई गरिएको छ । सिरहाली सेवा समाज नेपाल काठमाडौंको आयोजनामा मंगलवार वृहत सरसफाई गरिएको हो ।

दुर्गा मन्दिर परिसर र सुब्बा पोखरी सरसफाई गरिएको जनाइएको छ । वृहत सरसफाइ कार्यक्रममा सो क्षेत्रका सांसद, कर्मचारी, स्थानीय जनप्रतिनिधि लगायतसंघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Advertisement

सिसेस काठमाडौं नेपालको अयोजनामा भएको सो सरसफाइ कार्यक्रममा प्रदेश २ का साँसद प्रमोद यादव, सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, १ नम्बर वडा अध्यक् महेश यादव, सरसफाइ दुत धिरेन्द्र शाह, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको सहभागिता रहेको सिसेसका सचिव किरण कुमार पासवानले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top