दीपक भट्टले चोलेन्द्रसँग सम्पर्क गर्ने गरेको दाबीको परिवारले गर्याे खण्डन

२३ असोज ८३, शुक्रबार
Share this
778shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफ्नो मुद्दामा चलखेल गर्न पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सम्पर्क गरेको भन्ने समाचारको उनको परिवारले गर्याे खण्डन ।

भट्टका बुबा चतुर्भुज भट्टद्वारा दीपक भट्टले कारागारबाट राणासँग फोन सम्पर्क नगरेको दाबी ।

Advertisement

कैदीबन्दीले तोकिएको समय र स्थानमा मात्र फोन गर्न पाउने तथा ह्वाट्सएपलगायत बाह्य माध्यम प्रयोग गर्न नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै राणालाई सम्पर्क गरेको भन्ने समाचारलाई पूर्णतः झूटो र अफवाहको संज्ञा ।

दीपक भट्टले चोलेन्द्र शम्शेर राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेका वा गरेका होइनन् भन्दै उनी अदालतबाटै न्याय प्राप्त हुने विषयमा निश्चिन्त रहेको पत्रमा उल्लेख ।

Advertisement

खण्डन पत्रमा थप भनिएको छ, दीपक भट्टले सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको काम नगरेको भन्दै अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पटनामा समेत बयान गरेका छन्, साथै बीमा सम्बन्धी र धितोपत्र सम्बन्धी कसुर समेत नगरेको भनी अनुसन्धान अधिकारी र काठमाडौं जिल्ला अदालतमा समेत बयान गरिसकेका छन्।

अदालतबाट न्याय प्राप्त हुनेमा दीपक भट्ट विश्वस्त रहेको परिवारको भनाइ ।

यसअघि जबराले एक जना बिचौलिया मार्फत कारागारमा रहेका भट्टसँग कुरा गर्ने गरेको प्रहरीको दाबीसहितको खबर प्रकाशन, प्रशारण भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top