बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार

२६ असोज ८३, सोमबार
Share this
719shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

गोरखामा बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट ठूलो क्षति ।

आइतबार बिहान आएको बाढीका कारण ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ ।

Advertisement

प्राधिकरणका अनुसार बाढीबाट ३४ वटा गोठ र तीनवटा सवारीसाधनमा पनि क्षति ।

घटनापछि पाँच जना सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा प्रभावित क्षेत्रको क्षतिको विवरण सङ्कलन भइरहेको प्राधिकरणको भनाइ ।

Advertisement

बाढीले दुईवटा पक्की पुल, तीनवटा झोलुङ्गे पुल, तीनवटा जलविद्युत् आयोजना र चारवटा हवन कुण्डमा क्षति पुर्यायो ।

प्रभावित क्षेत्रमा ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० वटा म्याट्रेस, २०० थान ब्ल्याङ्केट र २०० वटा स्लिपिङ ब्याग सहित १०० थान सोलार लाइट, १० वटा जेनेरेटर, १ हजार ३२० थान ज्याकेट, २० वटा हाइजिन किट, ९० वटा फुड बास्केट, १० वटा बेबी बास्केट र २० वटा रोयल ब्यागसमेत पठाइएको प्राधिकरणले दियो जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top