२६ असोज , काठमाण्डौ ।
नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको सहज बिक्री तथा वितरणका लागि ११ वटा बिक्री केन्द्र तोक्यो ।
चाडपर्वका समयमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि संघले नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा बिक्री केन्द्र तोकेको जानकारी ।

असोज २६ गते सोमबारदेखि असोज ३० गते शुक्रबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएका स्थानबाट ग्यास बिक्री वितरण गर्ने व्यवस्था ।
काठमाडौंको ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम, पेप्सीकोलामा सगर र एसटीसी, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी ग्यास साट्न सकिने ।

यस्तै त्रिवेणी, सुकेधारामा बाबा र श्री, कलंकीमा साइबाबा र श्रीकृष्ण, हरिसिद्धिमा श्रीराम, चपलीमा भानु, कलंकीमा गीता, कलंकीकै आरके ट्रेडर्समा सीताश्री र सतुंगलमा श्रीमाया ग्यास साट्न सकिने । तोकिएका बिक्री केन्द्रमा काठमाडौं उपत्यकामा ग्यास बिक्री वितरण गर्ने सदस्य उद्योगका सिलिन्डर मात्रै साट्न संघको अनुरोध । साथै, उल्लेखित बिक्री केन्द्रबाहेक अन्य स्थानमा सिलिन्डर साटफेर नगरिने संघको भनाइ ।



