२८ असोज , काठमाण्डौ ।
हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम मुख्यतया सफा रहने ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।

राति पनि हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराईमा मौसम मुख्यतया सफा रहने ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम किसिमको वर्षा र हिमपातको सम्भावना ।



