शिक्षक सरुवामा नयाँ नियम : एक वर्ष पुगेपछि नै सरुवा मिल्ने

२८ असोज ८३, बुधबार
Share this
705shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकको सरुवा प्रक्रियामा फेरबदल ।

“शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३“ ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियम फेरबदल गर्न लागियो ।

Advertisement

प्रस्तावित व्यवस्थाअनुसार स्थायी सेवा अवधि एक वर्ष पूरा भएका र अनिवार्य अवकाश हुन एक वर्षभन्दा बढी समय बाँकी रहेका शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्कोमा सरुवाका लागि निवेदन दिन सक्ने ।

विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकको हकमा यसअघिको तीनवर्षे अवधि घटाएर एक वर्ष पुगेपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था ।

Advertisement

यसअघि तीन वर्ष पुगेपछि मात्र सरुवा हुने व्यवस्था थियो ।

सरुवाका निवेदनमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिने ।

संशोधित नियमअनुसार “ख“ र “ग“ वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई “पहिलो प्राथमिकता“ ।

अन्य सामान्य शिक्षकको हकमा विद्यालयले नै प्राथमिकताक्रम तय गर्ने ।

दुई विद्यालय वा शिक्षकबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त ।

यसमा पनि तीन वर्षे बाध्यकारी अवधि घटाएर एक वर्ष बनाउन प्रस्ताव ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top