आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१ कात्तिक ८३, शनिबार
Share this
769shares

३१ असोज , काठमाण्डौ ।

Advertisement

आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना ।

हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना ।

हाल देशको हिमाली भू–भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने ।

Advertisement

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा ।

यस्तै गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्था ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहने ।

देशका पहाडी भू–भागमा आंशिक बादलमय मौसम रहने ।

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहने ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top