×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

नवलपरासीमा बस दुर्घटना, ५ को मृत्यु

४ कार्तिक २०७५

 नवलपरासीमा बस दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ।

 

Advertisement
Advertisement

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४१ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ  । अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top