Nepal Times
Nepal Times
3
Shares

बिष्ट र भट्ट बर्खास्त प्रक्रियामा

बिष्ट र भट्ट बर्खास्त प्रक्रियामा

काठमाडौँ : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा गम्भीर लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई निष्काशनको सिफारिस गरेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको स्रोतले जनाएको छ ।

प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार नै निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.