१२ कार्तिक,काठमाण्डौ ।
बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको आंशिक प्रभावले नेपालमा आज कात्तिक १२ देखि १४ गतेसम्म वर्षा र हिमपात हुने पूर्वानुमान ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना ।

चक्रवात बुधबार बिहान भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो।
त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कमजोर भएको हो।

यो प्रणाली थप कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान ।
यसको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने ।
कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा पनि वर्षा, असिना र हिमपातको सम्भावना ।
केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको भनाइ ।
मौसमविद्हरूका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ तथा वर्षा र हिमपातले चिसो बढाउनुका साथै पहिरो तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने ।
किसानलाई धानबाली सुरक्षित राख्न, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाको आग्रह ।
सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न पनि अनुरोध ।



