१६ कार्तिक , काठमाण्डौ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहले दिए साङ्केतिक रूपमा चेतावनीपूर्ण अभिव्यक्ति ।
‘उम्किन्छु भनेर सपना नदेख्नू’ भन्दै प्रधानमन्त्रीले लेखे फेसबुकमा स्टाटस ।

तर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति कसलाई वा कुन घटनालाई लक्षित गरेर लेखेका हुन् भन्नेबारे खुलाएका छैनन्।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

न्युज रूमबाट पत्रकार पक्राउ परेको घटनालाई लिएर सरकारको विरोध भइरहेको र यस विषयमा जवाफदेहिताको माग उठिरहेका बेला प्रधानमन्त्रीको यस्तो स्टाटस सार्वजनिक भएको हो।
पत्रकार पक्राउको घटनापछि सरकारको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई उक्त घटनासँग जोडेर पनि हेरिएको छ।
तर प्रधानमन्त्रीले पत्रकार पक्राउ प्रकरण वा अन्य कुनै विषयलाई नै लक्षित गरेको भनेर पुष्टि गरेका छैनन्।
प्रधानमन्त्रीको स्टाटसमा उनका सल्लाहकार कुमार बेनले पनि प्रतिक्रिया दिएका छन्।
उनले कमेन्टमा ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो र?’ भन्दै प्रश्न गरेका छन्।



