१६ कार्तिक , काठमाण्डौ।
नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढ्यो ।
नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३÷०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगलाई गाभ्ने नीति कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएको हो ।

यसैक्रममा निगमले गत कात्तिक १२ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
निगमले ग्यास उद्योगहरू एकआपसमा गाभिँदा बिक्री वितरण प्रणाली थप व्यवस्थित र सहज हुने अपेक्षा गरेको छ ।

यसबाट उपभोक्तालाई ग्यास आपूर्ति तथा वितरणमा समेत सहजता पुग्ने निगमको विश्वास ।



