आईजीपीबाट हटाइएका कार्कीका लागि कार्यकक्ष तयार

२० कात्तिक २०८३, शुक्रबार
Share this
736shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कार्यकक्ष तयार ।

प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा उनको कार्यकक्ष तयार पारियो ।

Advertisement

यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए।

अहिले कोठाबाहिर ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको तथा कार्यकक्षमा कुर्सी, सोफा र बैठक बस्न मिल्ने ठूलो टेबलसँगै अट्याच बाथरुमको सुविधा ।

प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका कर्मचारीहरूको कार्यकक्ष पनि सोही लाइनमा रहेका छन्।

कार्कीलाई आईजीपीबाट हटाएपछि व्यवस्थापन गर्न बुधबार मात्रै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको थियो।

तर कार्की भने उक्त जिम्मेवारी स्वीकार गर्न तयार छैनन्।

सरकारले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै कार्की भने सर्वोच्च अदालतमा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top