दशैँमा पेट्रोलियम तस्करी बढ्यो

विराटनगर : दशैँमा बजार क्षेत्रमा सुरक्षाकर्मी सक्रिय भएको बेला भारतीय सिमावर्ती क्षेत्रमा पेट्रोलियम तस्करी बढेको छ । नेपाल भन्दा डिजेल पेट्रोल भारतमा २२ रुपैँया प्रतिलिटर महँगो हुने भएकाले कारोबारीले तस्करी बढाएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

केही दिन अघि मात्रै भारत सरकारले डिजेल र पेट्रोलको मुल्य घटाएकोले मुल्यअन्तर प्रतिलिटर २२ रुपैँया फरक छ । त्यसअघि भारतभन्दा नेपालमा ३० रुपैँया सस्तो थियो ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरका निरीक्षक सन्तोष निरौलाका अनुसार , सोमबार प्रहरीले विराटनगर –१८ बाट तस्करीमा संलग्न एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

जहदा –१ का सुनील सरबरियाले को १४ प ७७१० नम्बरको मोटरसाईकलमा डिजेलका ग्यालेन बोकेर भारततर्फ जाँदै गरेको बेला पक्राउ परेका थिए । सरबरियालाई विराटनगर भन्सार कार्यालयले सोमबार नै १ लाख ६ हजार रुपैँया धरौेटी लिएर रिहा गरको छ ।

त्यस्तै सिमावर्ती सुनसरीको घुस्कीबाट सोमबार राती भारतीय नम्बरको मोटरसाईकल र ४ ग्यालेन डिजेल ससस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । डिजेल तस्करी गर्ने ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top