१० मंसिर, काठमाण्डौ ।
मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप लागेका सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ।
अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएकोमा अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतको जानकारी।

अर्याल पक्राउ परेको सत्य भएपनि यसबारे थप विवरण पछि सार्वजनिक हुनसक्ने गृह मन्त्रालय स्रोतको जानकारी।
यसअघि सोही प्रकरणमा तत्कालीन दुईमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ।
उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गर्दै।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान जारी।
करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा ।



